कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

विराटनगर— कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन १४ जेठको आइतबार दिनको २ बजे आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार (८ जेठ) को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० २०:४३













