News Griha :: न्यूजगृह
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन बुधबारदेखि

सुर्खेत— कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आज बुधबारदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन १७  वैशाखमा अन्त्य भएको थियो ।

कर्णाली प्रदेश सरकारको ४ जेठको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बुधबार ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन् ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई बुधबारको बैठकका लागि जानकारी गराइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०७:४७
Weather Update