News Griha :: न्यूजगृह
दुई मन्त्रीले शपथ लिँदै

काठमाडौं— सरकारका दुई नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ बुधबार शीतल निवासमा लिने भएका छन् ।

जसपाका नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न गराउन तयारी गरिएको हो ।

मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम दुई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीद्वयले राष्ट्रपति निवासमा बुधबार बिहान १० बजे शपथ लिँदै छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:०२
Weather Update