News Griha :: न्यूजगृह
जसपा अध्यक्ष यादवको प्रश्न : प्रदेशलाई अधिकार नदिइ संघीयता कसरी बलियो हुन्छ ?

काठमाडौं— जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार नदिइ संघीयता कसरी बलियो हुन्छ भन्ने प्रश्न उठाएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद यादवले अमूर्त काल्पनिक र मिठा शब्द भरेर मात्र पनि राष्ट्र निर्माण हुन नसक्ने बताए । 

‘संघीय निजामति ऐन रोकेर वा ढिलाइ गरिदिएर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने, आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिइकन र केन्द्रमा रहेका संघीय सरकारले संघीय मन्त्रालयहरूलाई आफ्नो मुठ्ठीमा राखेका क्षेत्राधिकारलाई जो संविधानका लेखिएको छ प्रदेशलाई नदिइकन संघीयता कार्यन्वयन हुन्छ र ?,’ उनले प्रश्न गरे, ‘तर, यो नीति तथा कार्यक्रममा त कही छैन त ? अनि यो काल्पनिक कुरा गरेर त हुँदैन त, अमूर्त काल्पनिक कुरा र मिठा शब्दले भरेर राष्ट्रको निर्माण गर्न सकिँदैन ।’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:२१
Weather Update