राजस्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छ : सांसद प्रेम आले

काठमाडौं— सांसद प्रेम आलेले राजस्व चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आलेले राजस्व चुहावट नरोकिए देश टाट पल्टिने अवस्था आउने चेतावनी दिए ।
‘राजस्व नियन्त्रण चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तृत हुनुपर्ने देखिन्छ,’ उनले भने, ‘नत्र व्यापारी पोसाउने, मोटाउने र राज्य गम्भीर आर्थिक संकटमा पसेर देश टाट पल्टिने अवस्था आउँछ ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १४:५५













