News Griha :: न्यूजगृह
चन्द्र भण्डारीको प्रश्न : अपार अनुभवलाई पन्छाएर गालीगलौजको राजनीति कहिलेसम्म ?

काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले द्वन्द्व व्यवस्थापनदेखि जस्तोसुकै जटिल अवस्थामा पनि संविधान बनाएको अनुभव नेपाली राजनीतिसँग भएको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद भण्डारीले सबै अनुभवलाई थन्क्याएर गालीगलौजको राजनीतिक संस्कार विकसित हुनु दुःखद भएको बताए । 

‘हामीसँग कति ठूलो अनुभव छ ? यत्रो द्वन्द्व आर्मीले व्यवस्थापन गरेका हैन र ? संसारमा द्वन्द्व व्यवस्थापन गर्नको लागि के अमेरिकाले अफगानस्तिानको द्वन्द्व व्यवस्थापन गर्न सक्यो ? पाकिस्तान र सुडानको व्यवस्थापन गर्न सक्यो ? वा ठूला शक्तिशाली देशहरूले सके ?,’ उनले भने, ‘हामी त त्यत्रो द्वन्द्व व्यवस्थापन गर्ने संसारको उदाहरणीय मान्छे र नेपालका उदाहरणीय नेता हैनौँ ? हामीले त्यस्तो अवस्थामा पनि संविधान बनाएका हैनौँ ? हामी एकै ठाउँ उभिएका हैनौँ ? संविधान बनाउँदा संख्या बढी भयो कि भनेर, धेरै मन्त्री भए कि भनेर, हामी फेरि छलफल गरौँ न । महाभारतको युद्ध नभएको भए गीता आउथ्यो ? यो द्वन्द्व नभएको भए समावेशी समानुपातिक प्रणाली ल्याउन सक्थ्यौं ? हामी अनुभवी पनि छौँ । ज्ञानी पनि छौँ । त्यसलाई मुलुक परिवर्तनमा प्रयोग गर्नुपर्दैन ? आलोचनामा अस्थिरतामा गालीगलौजमा पदमा लोभको यो मुलुक कहिले सम्म जान्छ ?’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:२४
Weather Update