विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीको सुविधा खोस्न सांसद महासेठको माग

काठमाडौं— नेकपा एमालेका नेता रघुवीर महासेठले केही भीभीआईपीहरू विदेशी भूमिमा गएर गणतन्त्रविरुद्ध लागेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै महासेठले विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीहरूको सुविधा खोस्न माग गरे ।
उनले भने, ‘केही भीभीआईपीहरूले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर विदेशीहरूसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु । त्यस्ता भीभीआईपीहरू जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरूको सुविधाहरू खोस्नुपर्छ ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १५:४७













