News Griha :: न्यूजगृह
१९ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको विशेष प्रशिक्षण सुरु गर्न माग

काठमाडौं— युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका बेथितिहरू नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक भएको पनि बताएका छन् । 

Diga Bahadur Limbu1685261158.jpg

आइतबार मन्त्रालयमा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव शिवशङ्कर गोथेले छिटो भन्दा छिटो १९ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको विशेष प्रशिक्षण सुरु गर्नुपर्ने बताए । 

ध्यानाकर्षण पत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले साहसिक खेल र खेलकुदमा सहभागी हुने खेलाडीहरूको लागि काम गर्नुपर्ने बताए । उनले भने ‘खेलकुदको क्षेत्रमा भएको बेथितिहरूलाई नियन्त्रण गर्न आवश्यक छ । खेललाई खेलको रुमा मात्र हैन यसलाई पर्यटनसँग जोडेर यो कुरालाई अगाडि बढाउनु पर्छ । नियमावलीको परिमार्जन गर्नुपर्ने कुराहरूमा अगाडि बढिरहे छौं । आर्थिक चारमा अर्थमन्त्रालयको सहमति लिने काम गर्नुपर्छ । ’ 

kheladi1685261158.jpg

त्यस्तै, खेलाडीले सीमित साधन श्रोतका बाबजुद आफ्नो तर्फबाट देशको प्रतिष्ठा बढाउनका लागि हर सम्भव प्रयास गरिरहेकोले सरकारले पनि त्यसको लागि आवश्यक व्यवस्था जति सक्दो चाँडो गर्नुपर्ने  पनि खेलाडी संघको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:४८
Weather Update