
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो सालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् ।
मंगलबार अनेमसंघले गरेको कार्यक्रममा उनले मरेपछि आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताए ।
उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन, मेरो सालिक बनाउनु पर्दैन, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन, सालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन । मेरो त धारणा त्यो हो ।’
आफ्नो कार्यकालमा राम्रो गर्न नसक्ने र पद ओगटेर बस्ने काम गलत भएको उनको भनाइ छ । यसअघिका अध्यक्ष माधव नेपाल र झलनाथ खनालले पद छोड्न नचाहेरै समस्या भएको उनको दाबी छ । ‘त्यस्तै आफ्नो समय आएपछि अरूलाई पनि मौका दिनुपर्छ काम गर्नको लागि त्यस्तै माधव र झलनाथ हुनुहुन्थ्यो पद छोड्न पनि नचाहने, काम गर्न पनि नचाहने त्यो भएपछि टिपेर परतिर राखेर हटाउनु पर्ने भयो, आन्दोलनको लागि त हटाउनुपर्छ नि ।’
उनले थपे, ‘म काम गर्न सक्दिन, छोड्न पनि मान्दिन तपाईंहरूले टिपेर यता सारेर अर्को मान्छे राख्नुपर्छ पार्टी अध्यक्ष अर्को बनाउनु पर्छ । काम गर्न सक्दैन भने बा नमस्कार तर, यता बस है भन्नुपर्छ । त्यो कुरा मैले बुझ्नुपर्छ, यो सिलसिला हो । ’
काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड््नुपर्ने उनको भनाइ छ ।













