सानिमा र रिलायन्स इन्स्योरेन्सको शेयर कारोबार बन्द हुने

काठमाडौं— सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको शेयर कारोबार बन्द हुने भएको छ ।
दुबै कम्पनीले चैत्र ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएपछि नेप्सेले शेयर कारोबार बन्द गरेको हो ।
यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आजबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन् ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०९:२४













