२०८० सालमा कुन-कुन दिन बैंक बिदा? (सूचीसहित)

काठमाडौं— नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ ।
सूची अनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।
इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ । तर, सीमित बैंकिङ कारोबार सहित फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । यस दिनमा पनि सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १४:५९













