राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।
उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । ‘राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ,’ निजी चिकित्सक डा. बमले भने ।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए । रासस
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १७:११













