News Griha :: न्यूजगृह
नेपालले भने– पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक थिएन

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् ।

उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ  ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे  ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:५७
Weather Update