News Griha :: न्यूजगृह
रुसले आणविक हतियार बेलारुस पठायो
फाइल तस्बिर : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

मस्को— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ ।

सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन् ।

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ । 

बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रुसबाट बम र मिसाइलहरूूको पहिलो भाग प्राप्त गरेको बताएका छन् । 

लुकाशेन्कोले रुसी र बेलारुसी राज्य मिडियालाई भनेका छन्, ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रुसबाट प्राप्त गरेका छौँ ।'

बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन्, फक्स न्यूजले उल्लेख गरेको छ ।

बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण  गरेको बताएका छन् । 

हतियारको आगमन युक्रेनी सेनाले रुसविरुद्ध ठूलो मात्रामा काउन्टर अपरेसन सुरु गरेको एक हप्ता पछि आएको हो । 

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ। रासस

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १३:३६
Weather Update