News Griha :: न्यूजगृह
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यूरो एकको खरिद दर १४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०६:३९
Weather Update