News Griha :: न्यूजगृह
कति पुग्यो फलफूल र तरकारीको मूल्य ? 

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  सोमबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ३० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ५०, लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०, भटमासकोशा १००, मटरकोशा १५०, तितो करेला ३०, लौका ५०, परवल लोकल ५०, पाकेको फर्सी ४५, डल्लो फर्सी हरियो ३०, घिरौंला ३०, भिण्डी ६०, स्कूस ३०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु १००, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग २५ हरियो लसुन ८०, हरियो प्याज ८०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ४०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी २८०, आभोकाडो ६०० र मेवा भारतीय १०० र लिची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०८:१०
Weather Update