News Griha :: न्यूजगृह
टालटुले प्रवृत्तिले देश चल्दैन : सांसद झा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टालटुले प्रवृत्तिले देश चल्न नसक्ने बताएका छन् ।

आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले यो विधेयकले केही हदसम्म काम गरे पनि त्यो दीर्घकालका लागि उपयुक्त नहुने बताए ।

उनले भने,‘अहिलेको लागि समस्या समाधान गर्न यो विधेयकले केही हदसम्म काम गर्ला तर दीर्घकालसम्म हामी यस्तै टालटुले प्रवृत्तिले काम गर्न सक्दैनौं । यसको नियमक निकायमै ध्यान दिने र फरकफरक नीति लिएर आउने हो की ?’ 

समाजको समस्या समाधान गर्नको लागि यो विधेयक आवश्यक भए पनि हतार गर्दा समस्या भएको उनको तर्क छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:२८
Weather Update