प्रतिनिधि सभा सरकारको कठपुतली होइन : सोविता गौतम

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रतिनिधि सभा सरकारको कठपुतली नभएको बताएकी छिन् ।
आइतबार प्रनिनिधि सभा बैठकमा उनले सांसदलाई सरकारले ल्याउन चाहेको विधेयक र गर्न चाहेको कामको विवरण अधिवेशन सुरु हुनुपूर्व नै जानकारी गराउनु पर्ने भन्दै सरकारले मनोमानी गरेको तर्क गरिन् ।
अधिवेशन पूर्व सदनमा आवश्यक विधेयकको जानकारी दिनुपर्ने र त्यसमा छलफल गराउनुपर्ने माग गर्दै उनले सदनलाई कठपुतलीको पमा नलिन सरकारलाई आग्रह गरिन् ।
उनले भनिन्,‘सरकारलाई जे जे मन लाग्छ, ती कानुनहरू यसरी ल्याउने हो भने त जुन चार्ट एउटा प्रतिनिधि सभालाई अधिवेशन सुरु हुनुभन्दा अगाडि नै सांसदहरूलाई जानकारी गराउन पर्छ भन्ने कुरा राखेको हो र आज पनि दोहोर्याउन चाहान्छु ।’
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १४:५२













