News Griha :: न्यूजगृह
बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली समाजको चरित्र बदल्न आवश्यक रहेको बताएकी छन् ।

आइतबार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले समाज ऐश्वर्य विहीन धनाढ्य बनेको भन्दै चरित्र बदल्नु आवश्यक रहेको बताएकी हुन् । 

‘मलाई हाम्रो समाज धन भएर ऐश्वर्य नभएको समाज जस्तो लागिरहेको छ । मिटर व्याज दिने मान्छेहरूमा ट्याक्सीको मिटर जस्तो मिटर चढ्ने पैसा त रै छ तर ऐश्वर्य चाहिँ रैनछ । नेताका दर्जा पाएका हामीहरू भाषणबाट हुन्छ कि के बाट हुन्छ समाजको चरित्र पनि बदल्न आवश्यक छ ।’ 

त्यस्तै उनले बचतकर्ताको पैसा फिर्ता नदिएर सहकारी सञ्चालकहरू करोडको गाडीमा हिड्ने गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न माग गरिन् । उनले भनिन् ‘सहकारीले पैसा दिएको छैन आफू (सञ्चालक) भने ३—४ करोडको गाडी चढेर हिँड्छन् । त्यस्ता मान्छेलाई हामीले के गर्छौँ ? नमस्कार गरेर भलाकुसारी गर्ने हो की भन्ने हो यो भएन भनेर । ’ 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:०५
Weather Update