News Griha :: न्यूजगृह
शेयर बजारमा हरियाली

काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार हरियाली भएको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ ।

यसअघि आइतबारको कारोबारमा भने शेयर बजारमा गिरावट आएको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेप्से सूचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोस्रो स्थानमा रहेको छ । यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ । 

सोमबार १३ उपसूचक मध्ये माईक्रोफाइनान्स बमहेक सबै उपसूचकमा हरियाली छाएको छ ।  सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जीवन बिमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियन हाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको शेयर कारोबार भएको छ । यी कम्पनीले सर्वाधिक कमाएका छन् । यसैगरी अजोड जीवन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:५५
Weather Update