
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिवारका लागि मूल्य सार्वजनिक गरेको छ । गोलभेँडाको मूल्य स्थिर नै रहेको छ । शुक्रबार ९० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य पनि ९० रुपैयाँ नै रहेको छ ।
रातो आलुको मूल्य आज स्थिर रहेको छ । शुक्रबार ४५ रुपैयाँमा बिक्री भएको आलुको मूल्य आज पनि ४५ रुपैयाँमा नै रहेको छ । स्थानीय काउली पनि शुक्रबारको मूल्यमा नै बिक्री भइरहेको छ । हिजो ६० रुपैयाँमा बिक्री भएको काउली आज पनि सोही मूल्यमा बिक्री भइरहेको छ ।
लोकल बन्दाको मूल्य भने आज २ रुपैयाँले बढेर ८ रुपैयाँ प्रतिकेजीमा कायम भएको छ । लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, मूला रातो ४०, मूला सेतो १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ८०, तितो करेला ११०, लौका ७०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।
पालूंगो सागप्रति केजी ८० रुपैयाँ र रायोको साग पनि प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ । केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ९०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।













