News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको पहिलो बैठक जारी

काठमाडौं— समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विप्लवलगायत सहभागी छन् । रासस

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:२४
Weather Update