News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं— संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा नेपाल विश्वविद्यालय विधेयक—२०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् ।

गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । र,मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०६:२७
Weather Update