News Griha :: न्यूजगृह
दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं—  साताको तेस्रो कारोबार दिन शेयर बजारमा दोहोरोअङ्कले उकालो लागेको छ ।  १२.१०अङ्कले वृद्धि भएको नेप्से परिसूचक १९१८.१० विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि शेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७०अङ्कले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो  ।  

नेप्सेमा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।  

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:२९
Weather Update