News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं— नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:३८
Weather Update