News Griha :: न्यूजगृह
‘पूँजीबजारमा चाप परेकाले सम्यमता अपनाउन लगानीकर्तालाई आग्रह’

काठमाडौं— नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पूँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्तालाई आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा पूँजीबजार लगानीकर्ता संघहरूले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सम्यमता अपनाउनुपर्ने बताएका हुन् ।

उनले पूँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको बताए । उनले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभाव लगायतको कारण पूँजीबजारमा पनि प्रभाव परेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:३५
Weather Update