News Griha :: न्यूजगृह
देवेन्द्र पौडेल भन्छन्– गठबन्धन सरकार निरन्तर चल्छ

बाग्लुङ— नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन् । उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे ।

प्रेस सेन्टर नेपाल बाग्लुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

बाग्लुङ क्षेत्र नं २ का सांसदसमेत रहेका नेता पौडेलले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भए पनि त्यो सम्भव नहुने स्पष्ट पारे ।

उनले भने,‘सरकारले दृणतापूर्वक भ्रष्टाचारविरुद्ध काम गर्दै आएको छ ।’

बाग्लुङको इमेज सहकारीका सञ्चालकले जनताको डेढ अर्ब रकम उठाएर फरार भएको विषयलाई आफूले गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:२५
Weather Update