News Griha :: न्यूजगृह
एक वर्षमा झन्डै २० करोडको खुर्सानी भारतबाट आयात

काठमाडौं— गत एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट नेपाल भित्रिएको छ ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सो मूल्य बराबरको खुर्सानी नेपाल भित्रिएको हो ।

क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरलेले सोही अवधिमा ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात भएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:१०
Weather Update