News Griha :: न्यूजगृह
कांग्रेस पदाधिकारी बैठक बस्दै 

काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बुधबार ४ बजे बस्दैछ । आजै बस्ने केन्द्रीय कार्यसमिति बैठक अगाडि पदाधिकारी बैठक बस्न लागेको हो ।

पदाधिकारी बैठकमा कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयमा छलफल हुनेछ ।

साथै केन्द्रीय कार्यसमिति बैठकमा बोल्न लागेका सभापति शेरबहादुर देउवाले बैठकका निर्णय सुनाउने छन् ।

पदाधिकारी बैठकले निर्णयको टुंगो लगाउने बताइएकाे छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:४८
Weather Update