
कठमाडौं— चालु सातामा शेयर बजार तीन दिन बढ्दा दुई दिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो । सोमबार बढेको शेयर बजार निरन्तर तीन दिन बुधबारसम्म बढिरह्यो ।
यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको शेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो । बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो ।
सोही दिन कारोबार रकम भने घटेको थियो । गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको शेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार ओरालो लागेको छ । लगातार तीन दिनदेखि बढेको शेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ ।













