News Griha :: न्यूजगृह
समाजवादी विद्यार्थी मोर्चा घोषणा गरिँदै

काठमाडौं— सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा कार्यक्रम आयोजना गर्दै उनीहरूले विद्यार्थी मोर्चा घोषणा गर्न लागेका हुन् ।

मध्यान्न १२ बजेका लागि तय गरिएको कार्यक्रममा सरकारको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथिकारुपमा सहभागी हुने छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् ।

समाजवादी मोर्चामा विप्लव नेतृत्वको नेकपा बाहेक सबै दल सरकारमा सहभागी छन् । यी चार राजनीतिक दलले सत्ता साझेदार नेपाली कांग्रेससँग समेतको परार्मशमा समाजवादी मोर्चा गठन गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:११
Weather Update