News Griha :: न्यूजगृह
संसदका चार समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने 
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधिसभा र राष्ट्रियसभाका चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरू बस्ने सचिवालयले जनाएको हो ।
 
जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजेदेखि सुरु भएको छ । बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको पनि बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ ।  

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ । 

त्यसअघि सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । लेखा समितिको बैठक दिउँसो १ बजे बस्दैछ । लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:३१
Weather Update