News Griha :: न्यूजगृह
भ्रष्टाचार विरोधी कदमले जनतामा नयाँ रक्त सञ्चार पैदा भयो : प्रधानमन्त्री दाहाल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्त सञ्चार पैदा भएको बताएका छन् ।
  
आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नु हुने आम जनसमुदायमा आभार प्रकट गरे ।
 
उनले भने ‘पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्त सञ्चार पैदा भएको छ, यसले नयाँ राष्ट्रिय एकता र समुन्नत्तिको जग आधार खडा भएको छ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न तयार रहेको बताए । सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:१९
Weather Update