जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आव रिट निवेदन दायर गरेका हुन् ।
निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गरे पनि १५ हजार रुपैयाँ जरिवाना तोकेको भन्दै उनीहरू अदालतमा पुगेका हुन् ।
रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नु पर्ने र दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नु पर्ने उनीहरूको माग रहेको छ । आयोगले निर्णय गर्नुपूर्व सुनुवाइको मौकासमेत नदिइएको रिटमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १५:४३













