News Griha :: न्यूजगृह
जनप्रतिनिधिले सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ : डा.शेखर कोइराला

विराटनगर— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले जनप्रतिनिधिले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–१ को नवनिर्मित प्रशासनिक भवनको आइतबार उद्घाटन गर्दै उनले सुशासनबाट नै मुलुकमा संघीय बलियो हुने विचार राखे ।

कोइरालाले वडा तहदेखि नै जनप्रतिनिधिले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने,‘जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । जनप्रतिधिले राजनीतिकलाई समाज सेवाको रुपमा लिनुपर्छ ।’

नेता कोइरालाले जनप्रनिधिले शिक्षा, स्वास्थ्य, मलखाद, सडक र पुलपुलेसामा जनताको सहज पहुँच पुर्‍याउन आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको चाहना र आवश्यकतामा केन्द्रित नहुने जनप्रतिधिको राजनीतिक जीवन दिगो नहुने धारणा राखे ।

जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जग्गामा ७९ लाख २७ हजार भवन निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष जितनारायपण थापामगर, उपाध्यक्ष अमृता गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, वडाध्यक्ष सोमराज काफ्ले र जग्गादाता खिलानाथ निरौलाई भवन निर्माणबाट वडावासीलाई सेवा सेविधा लिन सहज भएको विचार राखे ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २२:०१
Weather Update