उच्चस्तरीय छानबिन समिति
बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं— सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि साउन १० मा बसेको प्रतिनिधि सभा बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।
सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । यसअघि सोमबार बिहान संसद् खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफलमा गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १४:२९













