News Griha :: न्यूजगृह
राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता घोषणा गर्दै कमल थापा

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् ।

राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि अलगै दल गठन गरेका थापाले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग पार्टी एकता गरेका हुन् ।

मोर्चासँग पार्टीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका थापाले आज मंगलबार दिउँसो २ बजे सभागृहमा कार्यक्रम गर्दै छन् ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।

गत आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:४७
Weather Update