कोशी प्रदेशको मुख्यमन्त्रीमा थापाले गरे दाबी पेश

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रहेका उनले दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्दै उनले आफूलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।
प्रदेश सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १७:०४













