News Griha :: न्यूजगृह
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज बिहान साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्रिपरिषद् विस्तार गर्ने पनि थापाको तयारी छ ।

प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ । गत असार २१ गते सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई असार ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो । हिजो मंगलबार सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:२२
Weather Update