विधान संशोधन गर्दै माओवादी केन्द्र

काठमाडौं— नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकले उक्त निर्णय गरेको बताए । ‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’
उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ११:२३













