News Griha :: न्यूजगृह
माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य थप विस्तार गर्ने तयारी

काठमाडौं— नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई विस्तार गर्ने भएको छ । माओवादीले केन्द्रीय समितिबाट विधान संशोधन गरी केन्द्रीय समिति थप विस्तार गर्न लागेको हो ।

माओवादीमा अहिले पूर्ण केन्द्रीय समितिमा ३८५ सदस्यीय छन् । अब पार्टीले यसलाई बढाएर ४०७ सदस्यीय पूर्ण केन्द्रीय समिति बनाउने तयारी गरेको हो ।

त्यसबाहेक वैकल्पिक केन्द्रीय समिति सदस्यको व्यवस्थासमेत पार्टीमा रहँदै आएको छ । केन्द्रीय समिति विस्तार गर्ने म्यान्डेट पदाधिकारी र स्थायी समिति बैठकबाट माओवादीले निर्णय गरिसकेको छ । 

आज बिहान केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी र त्यसपछि बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति विस्तार गर्ने गरी विधान संशोधन प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:४७
Weather Update