प्रचण्डको दाबी : माओवादीको पार्टी सदस्य संख्या साढे सात लाख बढी

काठमाडौं— नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य सात लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्याबारे जानकारी दिएका हुन् ।
प्रचण्डका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा एक लाख ४७ हजार ३५३, मधेशमा एक लाख १६ हजार ९७५ सदस्य रहेका छन् ।
यस्तै, लुम्बिनीमा एक लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूर पश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १४:५४













