News Griha :: न्यूजगृह
माअ‍ोवादीले तीन महिना  ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि तीन महिना संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिकमा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन हुने बताएका हुन् ।

यस क्रममा देशभरका सबै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा जनाएको छ ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउन निर्देशनसमेत दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:१६
Weather Update