News Griha :: न्यूजगृह
यस्ता छन् रास्वपा बैठकका निर्णयहरू

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बिहीबार बसेको बैठकले पार्टीका विभागको सदस्य र पदाधिकारी बन्न आवश्यक मापदण्डसमेत तोकेको ढकालले बताए ।

त्यसैगरी बैठकले नीति तथा विचार प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्थलगत अध्ययन गर्न गाउँ पठाउने र उनीहरूको भ्रमण खर्चसमेत स्वीकृत गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।

पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने र बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको ढकालकाे भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:३२
Weather Update