News Griha :: न्यूजगृह
‘राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ?'

काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै गम्भीर रहेको टिप्पणी गरे ।

शुक्रबार समितको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उनले भने, ‘अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्तिभन्दा सत्ता नै लुटपाटमा लागेपछि गाह«ो छ, तर हरेस खानुहुन्न ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:५२
Weather Update