News Griha :: न्यूजगृह
आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन 

काठमाडौं— कान्तिपुर टेलिभिजन नेटवर्कको विशेष साधारणसभा आज (शुक्रबार) बस्दैछ । साधारणसभाबाट कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट पारित गरिनेछ ।   

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:०१
Weather Update