प्रिमियर लिग : कहिले कुन-कुन क्लब भिड्दैछन् ?

काठमाडौं— आजदेखि प्रिमियर लिग फुटबल सुरु हुँदैछ । पहिलो खेलमा म्यानचेस्टर सिटी र बर्नली भिड्दैछन् । खेल बर्नलीको मैदान टर्फ मुरमा नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।
लिगको पहिलो चरणमा शनिबार ६ खेल हुनेछ । जसमा आर्सनलले नटिङहम फरेस्टसँग खेल्नेछ ।
यस्तै बर्नमाउथले वेष्टहमसँग,ब्राइटनले नवप्रवेशी लुटनसँग,एभरटनले फुलहमसँग र सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
आइतबार दुई ठूला क्लब चेल्सी र लिभरपुलबीच खेल हुनेछ भने ब्रेन्टफोर्ड रटोटनहम पनि भिड्नेछन् । सोमबार म्यानचेस्टर युनाइटेडले वल्भ्ससँग खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० ०७:५०













