अर्लिङ हालान्ड
प्रिमियर लिगको नयाँ सिजनमा सिटीको सहज जित

काठमाडौं— प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो ।
गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडी अर्लिङहालान्डलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो ।
३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
खेलको अन्त्यमा बर्नलीका आनासजारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो । यसअघि खेलमा केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०७:०४













