अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियामंगलबार, कात्तिक २०, २०८१

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जनाको नाम सिफारिस, पहिलो नम्बरमा को? मंगलबार, कात्तिक २०, २०८१ नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ। दोस्रो नम्बरमा बद्रीलाल महर्जन, तेस्रो नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगित बोगटीको नाम पठाइएको छ।

एकीकृत समाजवादीमा ‘एक पद एक व्यक्ति’को संरचना मंगलबार, कात्तिक २०, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ। सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको हो।

सुरु भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता आइतबार, कात्तिक १८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले राम्रो काम गरिरहेको छ: देउवा शनिबार, कात्तिक १७, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत बताए।

माधव नेपाल किन गए भेनेजुयला ? शनिबार, कात्तिक १७, २०८१ फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।

सात राजनीतिक दलको नाम परिवर्तन, देशभक्त जनगणतान्त्रिक मोर्चा पार्टीको दर्ता खारेज शुक्रबार, कात्तिक १६, २०८१ निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन्। आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ।

एमालेले घोषणा गर्यो कीर्तिपुरको मेयर उम्मेदवार शुक्रबार, कात्तिक १६, २०८१ यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।

उपनिर्वाचनको तयारीमा दलहरू शुक्रबार, कात्तिक १६, २०८१ कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका छन्। स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ।

जनताले फेरि माओवादी नेतृत्वको सरकार चाहेका छन्ः प्रचण्ड बिहीबार, कात्तिक १५, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले फेरि माओवादीको नेतृत्वमा सरकार बनेको हेर्न चाहेको दावी गरेका छन्।

प्रधानमन्त्री ओलीलाई हटाउन प्रतिक्रियावादी सक्रिय‚ साइबर सेना खोइ? : सञ्चारमन्त्री गुरुङ बिहीबार, कात्तिक १५, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशीविदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको दावी गरेका छन्। यस्तो अवस्थामा पार्टी नेता कार्यकर्ताबाट प्रतिरोध नभएको भन्दै साइबर सेनाको खोइ भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री ओलीको प्रश्न- आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? बिहीबार, कात्तिक १५, २०८१ सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयलाई चौतर्फी आलोचनाका बीचमा प्रधानमन्त्री ओलीले कुनै राजनीतिक दललाई एकजना व्यक्तिले सहयोग गर्न पनि पाउँछ भने समूहमा पनि सहयोग गर्न पाउने जिकिर गरे।

कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुन्छ : गृहमन्त्री लेखक बुधबार, कात्तिक १४, २०८१ गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने बताएका छन्। बुधबार पोखरामा पत्रकारसँग गृहमन्त्री लेखकले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताएका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गरेका थिए।