
भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा जाजरकोटमा चार जना घाइते बुधबार, साउन २, २०८१ भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्। कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो। गएराति ८ बजे उक्त घटना भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: सुरु बुधबार, साउन २, २०८१ यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो।

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल घटनास्थलमा बुधबार, साउन २, २०८१ नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरूलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली घटनास्थल पुगेको छ।

माथिबाट झरेको ढुङ्गाले लागेर महिलाको मृत्यु बुधबार, साउन २, २०८१ मङ्गलसेन नगरपालिका–३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो।

विज्ञापन खुलेको तीन वर्षपछि उपप्रध्यापकको परीक्षा लिँदै त्रिवि सेवा आयोग बुधबार, साउन २, २०८१ त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ।त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो।

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो बुधबार, साउन २, २०८१ महत्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ। पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीवेनी लगायतका नदि तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ।

सिमलताल दुर्घटना: १८ जनाको शव भेटियो, ९ जनाको सनाखत बुधबार, साउन २, २०८१ नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ।चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ। अहिलेसम्म शवहरू घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ।

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु बुधबार, साउन २, २०८१ चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ। गत साउनदेखि असारसम्म उक्त मानवीय क्षति भएको हो। जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक छन्। सो अवधिमा चार...

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा बुधबार, साउन २, २०८१ नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरूलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ।

प्रधानमन्त्री भन्छन्– भेटेरभन्दा म्यासेन्जरमा बधाइ दिनु उत्तम बुधबार, साउन २, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन्।

चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा बुधबार, साउन २, २०८१ सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

मुगुमा भूकम्पको धक्का बुधबार, साउन २, २०८१ मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।


-1721203960.jpg)






